सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

धनगढी । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ ।
आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।
आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।
चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।

२४ वैशाख २०८१, सोमवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु