punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विपन्नसम्म पुगेन राहत, चार महिनाको लकडाउनमा मुक्त कमैयालाई २० किलो चामल !

Chaupati
safha napa

दिनेश विष्ट
धनगढी, साउन ९ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको चार महिना लामो लकडाउनमा विपन्नले नै राहत नपाएको भेटिएको छ । लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु निकै मर्कामा परेको पाइएको हो ।

सरकारी तथा गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट राहत वितरण भएपनि सम्बन्धित ब्यक्तिसम्म राहत निकै कम पुगेको पाइएको छ । सरकारले विपन्न वर्गलाई राहत वितरण गर्नुपर्ने नियम बनाएपनि सरकारकै निकायबाटनै सो नियमको उल्लंघन भएको छ । करिब चार महिने लकडाउनमा कैलालीका मुक्त कमैयाहरुले २० किलो चामल मात्र पाएको गुनासो गरेका छन् ।

कमैयाबाट मुक्ति पाएसंगै शिबिरमा बसिरहेका कैलालीका मुक्त कमैयाहरु दैनिक ज्यालादारी गरेर घर खर्च चलाउने गर्थे । तर कोरोना रोथामका लागि सरकारले लकडाउन गरेपछि उनीहरुलाई घर खर्च चलाउन निकै मुस्किल परेको थियो । आर्थिक अवस्था राम्रै भएका ब्यक्तिहरुलेसमेत राहत पाइरहँदा मुक्त कमैयाहरुले भने चार महिनाको अवधीमा २० किलो चामल र पाँच किलो दाल मात्रै पाएको गुनासो गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा पर्ने कत्था मुक्त कमैया शिबिरमा बस्ने २७ परिवारले १० दिन पुग्नेगरीसमेत राहत नपाएको बताएका छन् । उनीहरुलाई लकडाउनमा घर खर्च चलाउन सापटी लिएको रकम अहिले तिर्नै मुस्किल परेको शिबिरकी ममता देवी डँगौराले बताइन् ।

२० किलो चामल, दाल, तेल तथा साबुन राहतमा पाएका मुक्त कमैयाहरुले स्थानीय तहबाट हुनुपर्ने राहत उपलब्ध नभएको गुनासो गरेका छन् । वडाबाट १० किलो चामल, दाल तथा नुन, तेल र केही मास्क भएपनि अन्य राहत संघ संस्थाबाट उपलब्ध भएको शिबिरकी अध्यक्ष रतरानीदेवी चौधरीले बताइन् । लकडाउनका बेला दुई दिनसम्म भोकै बसेको उनले गुनासो गरिन् ।

साहु कहाँ काम गरेको पैँसा रोकिएका बेला कतै ऋण खोज्न जाने अवस्थासमेत नहुँदा निकै समस्या भोग्नुपरेको चौधरीले बताइन् । स्थानीय सरकारले भने बढी समस्यामा परेकाहरुलाई प्राथमिकतामा राखेर सबैसम्म राहत पुर्याउने कोशिस गरेको दाबी गरेको छ । सबैभन्दा पहिले अति बिपन्नको बिवरण संकलन गरी शिबिरमा खाद्यान्न वितरण गरेको बताएका छन् ।

सुरुवाती चरणमा २० किलो चामल तथा नुन, तेल र दोश्रो चरणमा समस्यामा परेका ब्यक्तीहरु छनौट गरी सोही अनुसारको राहत उपलब्ध गराएको वडा अध्यक्ष कर्णसिंह बोहराले बताए । प्रदेश तथा नगरपालिकाबाट आएको राहत मात्रै नभएर निजी क्षेत्रको सहयोगबाटसमेत समस्यामा परेका सबैसम्म राहत पु¥याएको वडा अध्यक्ष बोहराको दावी छ ।


९ साउन २०७७, शुक्रवार ०५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु