punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेष्ट इन्डिजले नेपाललाई दियो बलियो लक्ष्य

Chaupati
safha napa

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाली टोलीलाई २०५ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हार्दै पहिले पाटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन बनायो ।

वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।

पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए ।

अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए ।

केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए ।

चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए ।

 


१५ वैशाख २०८१, शनिवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु