punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

Chaupati
safha napa

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर सोमबार विहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।केही दिन अगाडि बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पले सुदूपश्चिमका पहाडी जिल्लामा भौतिक क्षति पुर्‍याएको थियो। भूकम्पबाट बझाङमा १ जनाको मृत्यु समेत भएको थियो।


२९ असोज २०८०, सोमवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु