एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालय बैठक बिहान ११ बजे पार्टी मुख्यालयमा बस्दैछ । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
२६ भदौ २०८०, मंगलवार ०९:४६ बजे प्रकाशित































