punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलित पूजारी हुने डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ आज हुँदै

Chaupati
safha napa

डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ आज हुँदै छ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा हुने गर्दछ। सो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ। जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्।

जसमा मुख्य चौलो कोटेउडाको हुन्छ भने अरु चौलो पनि हुने गर्दछ। अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरु पनि सो जात्रामा जान पाउँछन्।

स्थानीयका अनुसार जात्राको दिन र नौरता बस्ने व्यक्ति तोकिन्छ। उक्त जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ। यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको विश्वास छ ।

उक्त मेलाका लागि स्थानीयहरु रोजगारका लागि बाहिर गएकाहरु घर फर्कने गर्छन् भने मेलाका दिन सुदूरपश्चिमका जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन्।


२१ भदौ २०८०, बिहीवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु