punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत प्रवेशका लागी सिमानाकामा नेपाली नागरिक लाई अनिर्वाय परिचय पत्र आवश्यक

Chaupati
safha napa

पछिल्लो समय नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक पर्ने भएको छ । केहि दिन यता नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ। नेपाल र भारतको सीमा पार गर्नका लागि नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तेस्रो देशका नागरिकको प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिएको बताए। उनले भने, ‘भारत जानलाई नेपाली हो भन्ने आधार खोज्दैछन्। तर, हामीसँग अधिकारीक कुनै जानकारी छैन।’

नेपालबाट चिनियाँ नागरिकसमेत भारत प्रवेश गर्दै आएकाले कडाइ गरिएको बुझिएको छ। तर, नेपालसँग भारतीय सुरक्षा बलले कुनै समन्वय गरेको छैन। स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका विषयमा जानकारी छैन।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका बारेमा आधिकारीक जानकारी नभएको बताए। उनले भने, ‘नेपालीको पहिचानका लागि कागज मागेका हुन्। नेपाली रोकिएको भन्ने आएको छैन। तर, सीमा क्षेत्रमा कडाइ गरिएको भन्ने आएको छ। मासिक बैठक हुन्छ, यो विषयमा छलफल गर्छौ।’

सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र नभएकाहरुले पनि दुःख पाउन थालेका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले एकतर्फी कडाइ गरेको हो। भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले भारतीय सीमा क्षेत्रका बजारमा किनमेलका लागि जानसमेत नागरिकता अनिवार्य गरेको छ।

गौरीफन्टा सीमा क्षेत्रसँग जोडिएको वनगाउँ जानका लागि समेत नेपाली भएको पहिचान खुल्ने परिचयपत्र भएकाहरुलाई मात्र प्रवेश गर्न दिने गरेको छ। सीमा क्षेत्रमा नेपाली भएको परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमति पत्र, प्यानकार्ड नभएकालाई भारत प्रवेशमा रोक लगाइएको छ।


२१ भदौ २०८०, बिहीवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु