punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वस्तिक अस्पतालमा बिरामी मृत्यु प्रकरणः मृत्यु भएको दुई दिनसम्म जानकारी गराएको थिएन

Chaupati
safha napa

धनगढी ३ चटकपुरस्थीत स्वस्तिक अस्पतालमा बिरामीको मृत्युपछि पनी २ दिनसम्म बिरामीका आफन्तलाई जानकारी नगराएको पाइएको छ। उपचारका लागी स्वस्तिक अस्पताल पुगेका कञ्चनपुर बेलौरी नगरपालिका १० शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो।

चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । बुवा ऐजनलालको डाक्टर जोनस तिवारीको लापरवाहीका कारण उपचारका क्रममै ९ गते दिउँसो २ बजे मृत्यु भैसकेको मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिदै भनेका छन्, यसरी अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएको र लापरवाहीले बुवाको मृत्यु भएको उल्लेख गरेका छन्।

मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले अस्पताल र डाक्टरविरुद्ध उजुरी दिएका हुन्।बुद्धिराम चौधरीले डाक्टर तिवारीले तिम्रो बुवाको किड्नीमा पथ्थरी छ, तिम्रो बुवाको उपचार मैले नै गरिदिन्छु भनेर त्यसपछि बुवाको अप्रेशनबाट ठिक हुन्छ भने, त्यसपछि राम्रो सँग उपचार गरि दिनुहोस् भनेर अनुरोध गरेको बताए । त्यसपछि अपरेशन गर्न आइसियूमा भर्ना गरी कोठामा लगरे आफु र बिरामीसँगै आएका आफन्तलाई बिरामीको अवस्थाका बारेमा कोठामा हेर्न र भेट्न नदिएको बताए। अप्रेशन गर्दाको अवस्थामा डाक्टर तिवारीले लापरवाही पुर्वक अप्रेशन गर्दा बिग्रीएर भदौ ९ गते दिउँसो २ बजे बुवाको मृत्यु भएको भएपनी जानकारी नै नदिएको उनले बताए ।

भदौ १० गते बिहानसम्म पनी बुवा मरेको बाँचेको सम्बन्धमा स्वस्तिक अस्पताल र डाक्टर तिवारीले खवर नगराएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । यसरी अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएपछि बिहान ९ बजे वास्तबिक रुपमा बिरामीको अवस्थाको बारेमा सोध्न लाग्दा र अस्पतालको प्रशासन शाखामा सोध्दा ९ गते अप्रेशन गर्दाको अवस्थामा २ बजे नै मृत्यु भएको खवर पाएको बताए । उनले मृतकका छोरा चौधरीले आफु अन्यायमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताए ।

लापवाही गरेर अप्रेशन बिग्रीदा बुवाको मृत्यु हुँदा समेत जानकारी नगराएको हुनाले निज डाक्टर तिवारीलाई पक्राउ गर्न माग गरेका छन्।


११ भदौ २०८०, सोमवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु