punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाको अपि हिमालमा तीन दिन सार्वजनिक बिदा

Chaupati
safha napa

दार्चुलाको अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिइएको छ। आज (सोमवार)देखि आउँदो बुधवारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको हो।

पालिकाले शुक्रवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवारदेखि शुरु भएको छ। दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ।


११ भदौ २०८०, सोमवार १२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु