punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको सतबाँझमा उत्पादन भएका स्याउ बजारमा 

Chaupati
safha napa

बैतडी । बैतडीको सतबाँझमा उत्पादन भएका स्याउ बजारमा आएको छ। सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र फलेको स्याउ विक्रि गर्नका लागि बजारमा आएको हो।

लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए। स्याउ फल्ने सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। तर, पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए।

सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको भट्टले बताए। जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको उनले बताए। सुख्खा फलफूल विकास केन्द्रको फार्मभित्र गाला फुजी जातको स्याउ पनि उत्पादन भएको छ।


१७ साउन २०८०, बुधवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु