माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजदेखि , बैठक प्रत्यक्ष प्रसारण नहुने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे बस्दैछ ।
बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।
बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।
बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको माओवादी केन्द्रले अन्तिममा आएर बैठकको प्रत्यक्ष प्रसारण नगर्ने जनाएको छ ।
१७ साउन २०८०, बुधवार १०:३१ बजे प्रकाशित






























