punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारको आरोपमा विभिन्न ठाउँबाट चार जना पक्राउ

Chaupati
safha napa

काठमाडौं, साउन ४ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका–३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राई रहेका छन् ।

राईले ती बालिकालाई नागर्जुन नगरपालिका–१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले ओखलढुंगा, गुल्मी र पाँचथरमा पनि बलात्कारको आरोपमा आरोपितलाई पक्राउ गरेको छ । ओखलढुङगामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–६ बस्ने २३ वर्षीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ फागुन २२ गते राति पुजनले ती महिलालाई डर घम्की देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

त्यस्तै गुल्मीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने यम भन्ने ३५ वर्षीय झैनसिंह घर्ती मगर पक्राउ परेका छन् । २०७७ असार १८ गते मगरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पाँचथरमा पनि १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका–४ ढाँड गाउँ बस्ने २४ वर्षीय दिपक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई घरमा एक्लै भएको अवस्थामा कोठामा प्रवेश गरी जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दशमी र ईलाका प्रहरी कार्यालय रबिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका–४ रबि बजारबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


४ साउन २०७७, आइतवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु