punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिमको सार्वजनिक लेखा समितिको सभापति विष्टलाई

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेपछि राप्रपाकी खेमादेवी विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको छ।

प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि राप्रपा कि विष्टलाई अनुरोध गरेर नै प्रदेश सभा बैठकमा बोलाइएको हो । स्रोतका अनुसार मुख्यमन्त्रीले प्रदेश सभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन्। समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंगदेन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ ।

सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ। एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको स्रोत दावी छ । सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ। एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको स्रोत दावी छ ।हामीले एमालेलाई पनि बैठक नछोड्ने भनेका थियौ मानेनन्, गम्भीररुपमा लिएनन् त्यसैले विष्टलाई फकाउनु पर्यो सोही स्रोतले् बताएको छ।

राप्रपाका प्रदेश सभा सदस्य विष्ट र शाहीसितको छलफलमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी समेत सहभागी रहेको स्रोतको भनाइ छ । प्रदेश सभाबाट शनिबार राती ७:३० मुख्यमन्त्री शाह आफ्नो गाडी र सुरक्षाकर्मीको टोली छोडेर अर्थमन्त्रीको शाहीको गाडीमा पूर्वी दिशामा गएका थिए । सो गाडीमा नेता सोडारी पनि थिए ।शनिबार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी व्यवस्था गर्न सभामा प्रस्तुत गरेको बजेट पारित भएको छ।


३१ असार २०८०, आइतवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु