punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा थप सात जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी, साउन ३ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आज थप आठ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सात जना धनगढीका छन् ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीको धनगढीका ७ र कञ्चनपुरका १ जनामा गरी ८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३७ नमुना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो ।

नयाँ सङ्क्रमितहरूमा कैलालीको धनगढी १ का २२ वर्षीय पुरुष, धनगढी १४ का १९ र २४ वर्षीया महिला, धनगढी १५ का २४ र २८ वर्षीया महिला र धनगढी १८ का ४५ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै,कञ्चनपुर पुर्नवास ३१ वर्षीया महिलामा कोरोना देखिएको छ ।


३ साउन २०७७, शनिवार १०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु