punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्षुद्रग्रह पृथ्वीको निकै नजिक आउँदै, खतरा हुनसक्ने नाशाको चेतावनी

Chaupati
safha napa

एजेन्सी,
अबको एक हप्तामा क्षुद्रग्रह पृथ्वीको निकै नजिक आइपुग्नेछ वैज्ञानिकले बताएका छन्। उनीहरुकाअनुसार क्षुद्रग्रह पृथ्वीतर्फ बढिरहेको छ ।

अमेरिकाको अन्तरीक्ष अध्ययनकर्ता नासाले २४ जुलाईमा ठुलो क्षुद्रग्रह पृथ्वी नजिक भएर जाने जानकारी दिदै सम्भावित खतरा औल्याएको छ ।

एस्टेरोइड २०२० एनडी नामको क्षुद्रग्रहबारे खतरा समेत औल्याएको छ । उक्त क्षुद्रग्रह १५० मिटर मात्र लामो छ र पृथ्वीबाट ५० लाख ८६ हजार किलोमिटर टाढा छ ।

यसैगरी नासाले दुईवटा साना क्षुद्रग्रह पनि पृथ्वी नजिक भएर आइतबार जाने जानकारी दिएको छ । ती क्षुद्रग्रह २०१६ डिवाइ-३० र २०२० एमई-३ हुन् ।

क्षुद्रग्रहको गति प्रति घन्टा ४८ हजार किलोमिटर रहेको छ । जुन गति र पृथ्वीसँगको दुरीका दृष्टिले खतरनाक हुनसक्ने नासाले जनाएको छ ।


३ साउन २०७७, शनिवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु