punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै

Chaupati
safha napa

आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महिनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

 


१४ असार २०८०, बिहीवार ०७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु