सुनको मूल्य घट्यो, चाँदीको स्थिर
बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको प्रतितोला मूल्य मंगलबारकै मूल्य १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।
१३ असार २०८०, बुधवार १३:५२ बजे प्रकाशित































