punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालको विश्वकप सपना सकियो, सुपर सिक्स पुग्न पनि असफल

Chaupati
safha napa

जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।

यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण थियो ।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्डहुनु अघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिए ।

यसअघि, नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भीम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पेभेलियन फर्किएका थिए ।

नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुईरदुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।

नेपाललाई हराएसँगै समूह ए बाट नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बाबे सुपर सिक्समा पुगेका छन् । भने, समूह बी बाट श्रृलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । भने, तेस्रो खेलमा जिम्बाबेसँग १ सय १ रनको हार बेहोरेको थियो ।

 


९ असार २०८०, शनिवार २०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु