punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्ञानेन्द्र शाहीको प्रश्न :आईजीपीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने?

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्।

‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’ सांसद शाहीले प्रश्न गरे ।
यही बेला पमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटिरहेको उल्लेख गर्दै त्यसो गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा कमजोर हुने बताए ।

‘नाम पत्रिकामा भकाभक आइराखेको छ । तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकी लुकी त्यो गरेपद्धि मुद्दा कमजार हुँदै जान्छ’ उनले अगाडि भनेका छन्, ‘…नेताहरुको नाम पनि आइराखया छ । तिनीहरुको के गर्ने ?उम्काइदिने?


१० जेठ २०८०, बुधवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु