punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा वृद्ध घाइते

Chaupati
safha napa

दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन् । नौगाड गाउँपालिका – ३ जामिर बस्ने ८० वर्षिय वृद्ध अम्मर सिंह ठगुन्ना ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका हुन ।

बुधवार बिहान साढे चार बजेतिर चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा वृद्ध घाइते भएको वडा अध्यक्ष राय सिंह ठगुन्नाले जानकारी दिएका छन ।

घाइते वृद्धका आगलागीबाट हात खुट्टाको छाला जलेको वडा अध्यक्ष ठगुन्नाले बताए । घाइते अम्मरको अहिले गोकुलेश्व अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।


१० जेठ २०८०, बुधवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु