चीन उडे माओवादी केन्द्रका चार पदाधिकारी
सत्तारूढ दल नेकपा माओवादी केन्द्र का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज प्रस्थान गरेको छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए ।
भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य तथा प्रदेश अध्यक्षहरू रहेका मैनालीले बताए ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।
५ जेठ २०८०, शुक्रवार ११:२७ बजे प्रकाशित






























