punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।

सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए । उनका अनुसार गीता माललाई राज्यमन्त्री तयारी भइरहेको छ ।

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने उनले जानकारी दिए । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको माओवादी स्रोतले बतायो ।


५ जेठ २०८०, शुक्रवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु