punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

Chaupati
safha napa

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदै छ।

मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ।

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। ३१ वैशाखसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए।

लामो समयपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत २०७८ साउनदेखि यो लागू गर्ने घोषणा गरेको थियो। तर, प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन।

दोस्रो पटक १५ पुस २०७९ देखि एमडिएमस लागू गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि तत्कालका लागि स्थगित भएको थियो।

 


१ जेठ २०८०, सोमवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु