punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा हावाहुरीको वितण्डा : राहत र क्षतिपूर्ति दिन महरको माग

Chaupati
safha napa

कैलाली ।नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरेका छन् ।
हिजो हावाहुरीले बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा क्षति पुराएको थियो । घर र गोठहरूमा हावाहुरीले पु¥याएको क्षतिको मापन गरि उनीहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने नेता महरको माग छ ।
हावाहुरीको समय सुरु भएको भन्दै उनले थप मानवीय क्षति हुन नदिन सरकार गम्भीर बन्नु पर्ने समेत बताए ।
‘बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा ठुलो मात्रामा भौतिक क्षति भएको छ’ उनले भने ‘तत्कार सरकारले उनीहरूलाई राहत र क्षतिपूर्ति दिनु पर्छ ।’
नेता महरले सामाजिक सञ्जाल मार्फत पनि सरकारलाई राहत र क्षतिपूर्तिका लागि अपिल गरेका छन् ।


१ जेठ २०८०, सोमवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु