punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्दै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

संसदीय दलका नेता खगराज भट्टले सरकारका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताए । यहाँ माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर पहिलै कांग्रेस र समाजवादीले लिइसकेकोले अब माओवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयमा आफ्नो अडान कायमै राख्दा मन्त्रालयगत भागबन्डामा ढिलाइ हुँदै गएको छ । भने सत्तारुढ दलभित्र भागबन्डामा सकस हुँदा आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ ।


२९ वैशाख २०८०, शुक्रवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु