punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज हुन्छ त सरकार विस्तार ?

Chaupati
safha napa

तीन महिना सम्म विस्तार हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहेको छ । मुख्यमन्त्री कमल बहादुर शाह हिजै सरकार विस्तार गर्ने तयारीमा थिए । तर, माओवादी केन्द्रले मन्त्रीहरूको नाम नदिएपछि आज सरकार विस्तारको सम्भावना बढेको छ ।

नागरिक उन्मुक्ति पार्टीले भने हिजै मुख्यमन्त्री शाहलाई मन्त्रीहरूको नाम दिइसकेको छ । उनीहरुले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउनु पर्ने र थप एक राज्य मन्त्री समेत दिनु पर्ने भन्दै मुख्यमन्त्रीलाई संसदीय दलको बैठकले गरेको निर्णय नै बुझाइसकेका छन् । यता माओवादी केन्द्रले भने अहिले सम्म मन्त्रीहरूको नाम मुख्यमन्त्री शाहलाई दिएको छैन ।

आज दिउसो २ बजे पछि संसदीय दलको बैठक बसेर मन्त्रीहरूको नाम टुङ्गो लगाउने तयारी भइरहेको माओवादी स्रोतको दाबी छ । अहिले सम्म चार मन्त्रालय मन्त्री विहीन छन् । माओवादीले तीन, नागरिक उन्मुक्तिले २ र नेपाली कांग्रेसले १ मन्त्रालयमा अडान राखेपछि सहमति हुन सकिरहेको छैन । अन्तिममा माओवादी केन्द्र २ , नागरिक उन्मुक्ति र कांग्रेसले १÷१ मन्त्रालय लिएर सहमति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । यस्तो गर्दा नागरिक उन्मुक्ति र माओवादी केन्द्र दुबै रुष्ट हुने सम्भावनाका कारण पनि मुख्यमन्त्री शाह केन्द्रबाटै शीर्ष नेताहरूको सहमतिका आधारमा सरकार विस्तार गर्न चाहिरहेका छन् ।

‘आज दिउसो सम्म केन्द्रबाट केही निर्णय आउँछ त्यसपछि सरकार विस्तार अघि बढ्छ’ मुख्यमन्त्री स्रोतले भन्यो ‘केन्द्रमा भएको सहमतिका आधारमा प्रदेशमा सरकार विस्तार हुन्छ । ’

मुख्यमन्त्री स्रोतका अनुसार केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच सहमति भएको अवस्थामा आजै र नभए भोली सम्ममा सरकार विस्तार हुन सक्छ।


२९ वैशाख २०८०, शुक्रवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु