लागूऔषधसहित २ जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्।
बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार उनीहरुको साथबाट पटाका पनि बरामद गरिएको छ।
२९ वैशाख २०८०, शुक्रवार ०९:०५ बजे प्रकाशित































