punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डढेलो निभाउन जंगल गएका आमाछोराको जलेर मृत्यु

Chaupati
safha napa

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा जंगलमा लागेको आगो निभाउन गएका आमाछोराको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका ५५ वर्षीया दिलकुमारी भुजेल र छोरा १६ वर्षीय कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्याको गढी सल्लेरी सामुदायिक वनमा बुधबारदेखि डढेलो लागेको थियो । आगो गाउँमा पस्न थालेपछि आमछोरा नै आगो निभाउन जंगल गएका थिए ।

आगलागीबाट ४ वटा घर जलेर नष्ट भएको प्रहरीले बतायो । वडा नम्बर ३ मा एक घर र ४ नम्बरमा थप तिन घर जलेका छन् । आगो निभाउने क्रममा ४ जना घाइते भएकोमा तीनजना उपचारपछि घर फर्किएका छन् । बाँकी एकजनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

गाउँमा पसेको डढेलो नियन्त्रणमा आए पनि वनमा जारी नै रहेको प्रहरीले बताएको छ ।

‘आगो नियन्त्रणभन्दा बाहिर गएपछि उनीहरूले बच्नका लागि नजिकैको खोल्सीमा हाम फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौ,’ इन्स्पेक्टर ओलीले भने ‘हामीले पनि मान्छे हराएको भनेर खोजी गर्दा आमा छोरा एकै ठाउँमा जलेको अवस्थामा भेट्यौं ।’


२९ वैशाख २०८०, शुक्रवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु