punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा नेविसंघका नेताले काँग्रेसका पालिका अध्यक्षलाई कुटे

Chaupati
safha napa

अछाममा आफ्नै कार्यकर्ताबाट गाउँपालिकाका अध्यक्ष कुटिएका छन्। जिल्लाको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदमाथि नेविसंघका कार्यकर्ताले कुटपिट गरेका हुन्।

आफूमाथि २४ गतेको राति करिब साढे ८ बजे अचानक आक्रमण भएको अध्यक्ष साउदले बताए।

उनले भने, ुम जिल्ला समन्वय समितिको प्रदेशका लागि योजना तर्जुमासम्बन्धी कार्यक्रमबाट फर्किरहेको थिएँ। ठ्याक्कै साफे नगरपालिका र चौरपाटी गाउँपालिकाको सिमानामा पुग्ने बित्तिकै ममाथि आक्रमण भयो।ु

दुई युवाले आफूलाई नै कुट्न भनेर मोटरसाइकल सडक छेउमा रोकेर बाटो बन्द गरी बियरको बोतलले आक्रमण गरेको उनले बताए।

गाडीमा आफूहरु ३ जना सवार रहेको भए पनि आफूलाई मात्र उनीहरुले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उनको जिकिर छ। त्यहाँका स्थानीय व्यापारीको सहयोगमा आफूले ज्यान जोगाएको र आक्रमणकारीहरु भागेको उनले जनाए।

यता, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले पालिका अध्यक्षले आक्रमणकारीविरुद्ध किटानी उजुरी दिएको जानकारी दिए।

उनका अनुसार नेविसंघका जिल्ला सभापति खेम खड्का र अर्का नरबहादुर खड्काविरुद्ध उजुरी परेको हो। गाउँपालिकाका अध्यक्ष साउदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउदलाई उनीहरुले किन आक्रमण गरे भन्नेबारे अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। आक्रमणकारी खड्काद्वय भने फरार भएको र खोजी थालेको प्रहरीले बताएको छ।

थाहा खबरबाट


२९ वैशाख २०८०, शुक्रवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु