बाजुरामा फेरी भूकम्प
आज बिहान बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ५ बजेर १५ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प ४.३ रेक्टरस्केलको मापन भएको केन्द्रले जनाएको छ । पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर पटक पटक भूकम्प गइरहेको छ। यसअघि बैशाख २३ गते सोही केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।
२८ वैशाख २०८०, बिहीवार ०८:०१ बजे प्रकाशित































