punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा सहभागी भए मेस्सी

Chaupati
safha napa

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ।

पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, ‘लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन्।’

अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पीएसजीको घरेलु मैदानमा ३–१ को हार बेहोरेका मेसी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन्।

मेसीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए।

मेसीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पीएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ।

सन् २०२१ मा फ्रि एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेस्सीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन्।


२६ वैशाख २०८०, मंगलवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु