सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो, कति पुग्यो
नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ बढेर कारोबार हुने भएको हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार १ लाख १० हजार ६९ सय रुपैयाँ पुगेको हो भने १ लाख १० हजार ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ १ लाख १९ हजार ३५० रुपैयाँ पुगेको हो ।
चाँदीको भाउ आज पाँचौँ दिन पनि स्थिर नै रहेको महासङ्घले जनाएको छ । यसअघि अर्थात बिहीबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज पनि घटबढ भएको छैन ।
२५ वैशाख २०८०, सोमवार १२:१७ बजे प्रकाशित






























