punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै फर्कियो

Chaupati
safha napa

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै भैरहवा फर्किएको छ। सोमवार बिहान ९स्४० मा काठमाडौंका लागि उडेको जहाज केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको उक्त जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको गौतमबुद्ध विमानस्थलका जनरल म्यानेजर हंशराज पाण्डेले जानकारी दिए। विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन्।

आकस्मिक अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ। पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन।

जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ। जसका कारण काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको अर्को जहाज काठमाडौं नै फर्किएको छ। धावनमार्गबाट जहाज हटाएपछि मात्रै गौतमबुद्ध विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ।

 


२५ वैशाख २०८०, सोमवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु