punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा खैरोहिरोइनसहित दुई युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका(१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए ।

उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२२ वैशाख २०८०, शुक्रवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु