punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ वर्षीया छोरीको बलात्कार अभियोगमा बाबु पक्राउ

Chaupati
safha napa

दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्।

गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्।

हजुरबुवा(हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पीडितले वैशाख २ गते दिएकी छन्। उनकी आमा विदेशमा छन्। तीन वर्ष पहिले विदेश गएकी आमा यो बीचमा बिदामा आएर फेरि फर्केकी प्रहरी अधिकारीले जानकारी दिए।

‘त्यसअघि पनि नाबालिग छोरीमाथि बाबुद्वारा बलात्कार भएको देखिन्छ,’ घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘तर बाबुले कसैलाई भनेमा ज्यान लिने धम्की दिँदै आएका रहेटछन्। नाबालिगले डरले कतै केही नभनेकी रहिछन्।ु

पीडित बालिकाका दाजु पनि छन्। उनी बसका परिचालक भएकाले धेरैजसो बाहिरै हुन्थे। घरमा कोही नभएको समयमा बाबुद्वारा छोरीको पटकपटक बलात्कार भएको खुलेको प्रहरी अधिकारी बताउँछन्।

पछिल्लो घटनापछि भने बालिका सुटुक्क आन्टी ९सानिमा० को घर जान्छु भनेर घरबाट निस्केकी थिइन्। बास बस्न आन्टीको घर पुगेपछि बालिकाले सबै कुरा आन्टीलाई भनिन्। त्यसपछि उनैले बालिकासहित प्रहरीमा आएर जाहेरी दिएको प्रहरीले जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य जाँच रिपोर्टले पनि उनीमाथि बालात्कर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

जाहेरी परेकै दिन प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिएको थियो।


२२ वैशाख २०८०, शुक्रवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु