आज गठबन्धनको बैठक, यस्ता छन् एजेन्डा
आज सत्तागठबन्धनको बैठक बोलाइएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह बैठक बोलाइएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।
दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।
२२ वैशाख २०८०, शुक्रवार ०७:२० बजे प्रकाशित































