punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

Chaupati
safha napa

सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् ।

गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘सङ्घीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो भने वैशाख २० गते बुधवार पनि प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देशैभरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ ।

आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार आज कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि प्रवेशमा रोक लगाउने तयारी गरेका छन् ।


२१ वैशाख २०८०, बिहीवार ०६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु