punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह सवारी दुर्घटनामा घाइते

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह सवारी दुर्घटनामा घाइते भएकी छन् ।

कोटेश्वरको महादेव स्थानमा आफुले चलाइरहेको स्कुटर दुर्घटनामा सिंह परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले बताए ।

‘अध्यक्षज्यूले स्कुटर चलाइरहनु भएको रहेछ । पछाडिको सिटमा श्रीमानलाई राखेर एयरपोर्ट लिएर जाँदै हुनुहुन्थ्यो । अगाडिबाट अर्को स्कुटरले ठक्कर दिएर भाग्यो’ रावलले भने, ‘उहाँको टाउकोमा गम्भीर चोट छ । शरीरको अन्य भागमा सामान्य चोट छ । राम्रोसँग बोल्न सक्नु भएको छैन ।’ अहिले सिंहको उपचार नर्भिक अस्पतालमा भइरहेको रावलले बताए ।


१५ वैशाख २०८०, शुक्रवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु