punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामका रोहितले यूरोपमा जुनियर बक्सिङ खेल्ने

Chaupati
safha napa

नेपालका रोहित जनानाले यही अप्रिलको अन्तिममा यूरोपमा हुने नोर्डिक कप जुनियर बक्सिङ सहभागीता जनाउने भएका छन् ।

अछामका मुक्केबाज रोहित विहिबार स्वीडेन प्रस्थान गर्दैछन् । रोहितले ४० केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । रोहितसँगै चर्चित बक्सर म्याक्स बस्नेत व्‍यवस्थापकको भूमिकामा रहने छन् । नोर्डिक कप यही अप्रिल २९ र ३० मा हुँदैछ ।

म्याक्स बक्सिङ प्रमोसनका निर्दिशक मुक्ति थापाले आफूलाई रोहित युरोपमा खेल्न जानु गौरवको विषय रहेको र विदेशी भूमिमा देशको नाम राख्नका लागि शुभकामना दिए ।

सानै उमेरमा अन्तर्राष्ट्रिय रिङमा प्रतिस्पर्धा जनाउने मौका पाएका रोहितले म्याक्स बक्सिङ प्रमोसन र नेपाल प्रोफेशनल बक्सिङ कमिसनका सम्पूर्ण शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् ।

किशोर अवस्थामै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागी जना पाउँदा नेपाली खेलाडीहरुले राम्रो एक्सपोजर पाउनुका साथै खेलाडिको आत्मविश्वासमा बृद्दि हुन पुगी राम्रो नतिजा आउन सक्ने जानकारी नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापतिले बताए ।

साथै विगत देखिनै बक्सिङ खेलका माध्यमबाट अन्तर्राष्ट्रिय मन्चमा नेपाल र नेपालीको नाम उच्च राख्दै आएको अवगत गराउँदै उनले रोहितलाई सफलताको शुभकामना दिदैं बिदाई गरेका छन् ।


१४ वैशाख २०८०, बिहीवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु