punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई सातामा १ हजार ३८१ कोरोना सङ्क्रमित, ६ जनाको मृत्यु

Chaupati
safha napa

विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी।१।१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो ।

मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर विधि तथा एन्टीजेन विधिबाट २१ हजार ३५७ जनाको नमुना परीक्षण गरिएको थियो । वैशाख महिनामा हालसम्म सङ्क्रमणको औसत दर ६।४६ प्रतिशत रहेको छ । पछिल्ला १३ दिनमा ७८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर ५९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ । नेपालमा औसत निको हुने दर ९८।७ प्रतिशत छ ।

यो महिना थप ६ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोभिड महामारी सुरु भएयता नेपालमा १२ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुनेको दर १।२ प्रतिशत छ । बुधबारसम्म २९ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् भने ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।


१४ वैशाख २०८०, बिहीवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु