punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रमेश लेखकले प्रधानमन्त्रीलाई भेटेर भने- सुख्खा बन्दरगाह र महाकाली करिडोर छिटो बनाउनुपर्‍यो

Chaupati
safha napa

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुख्खा बन्दरगाह र महाकाली करिडरलगायत छिटो निर्माण गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी भइरहेका बेला सचेतक लेखकले महत्वपूर्ण आयोजना छिटो सम्पन्न हुने गरी काम अगाडि बढाउन ध्यानाकर्षण गराएका हुन्।

कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने तयारी छ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै लेखकले सुदूरपश्चिमका महत्वपूर्ण आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेका थिए।

सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गरिदिने प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा आगामी ३ वर्षभित्र सुख्खा बन्दरगाह सम्पन्न हुने गरी सम्झौता गर्न पनि लेखकले ध्यानाकर्षण गराएका छन्।

महाकाली करिडोर (कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकरसम्म) को सडक निर्माणलाई तीव्रता दिन पनि लेखकले माग गरेका छन्। महाकाली प्रादेशिक अस्पताल र दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र स्तरउन्नती गर्न पनि लेखकले प्रधानमन्त्रीसँग माग गरेको लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले लेखकले राखेका मागप्रति आफू सकारात्मक रहेको बताएका थिए। लेखकले बैतडीको झुलाघाटमा पक्की पुल बनाउन पनि आग्रह गरेका थिए।


११ वैशाख २०८०, सोमवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु