punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपनिर्वाचनमा अहिलेसम्म कहाँ कति मत खस्यो?

Chaupati
safha napa

प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत आइतबार तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आइतबार मध्याह्नसम्म तीन वटै क्षेत्रमा एकतिहाइ हाराहारीमा मतदान भएको छ। सबैभन्दा बढी बारा-२ मा ३८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

त्यस्तै चितवन-२ मा ३५ प्रतिशत मतदान भएको छ। तनहुँ-१ मा ३१ प्रतिशत मतदान भएको आयोगमा रिपोर्टिङ भएको छ।

बारा(२ मा एक लाख पाँच हजार २४८ मतदाता छन्। त्यसमध्ये ४० हजार मत खसेको आयोगले जनाएको छ।

चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन्। जसमध्ये ४४ हजार २१३ जनाले मत दिएका छन्।

यसैगरी तनहुँ-१ मा एक लाख २३ हजार ३०५ मतदाता छन्। उनीहरूमध्ये ३८ हजार ७७० जनाले मतदान गरेका छन्।

तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ। मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ।


१० वैशाख २०८०, आइतवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु