punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

Chaupati
safha napa

दार्चुलामा ६५ वर्षमा ६४ जनाले अकालमै गुमाए ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा तुइनबाट खसेर मृत्यु ६५ वर्षमा ६४ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्।

शनिवार मात्रै  नेपाल–भारतबिचको सीमा नदी महाकालीमा तुइनबाट खसेर व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो । २०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन्। व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट नौ, व्यास–५ को तिगरमघाटबाट छ र व्यास–६ को एलागाड तुइनबाट पाँच जना महाकालीमा खसेर बेपत्ता भएका छन्। व्यास–४ को मगडागाउँबाट चार तथा व्यास–६ को काला गाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन–तीन जना बेपत्ता भएका छन्। बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एक जना हराएका छन्।

दोलखा भीमेश्वर–६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ २०७६ मा व्यास–४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए। यस्तै  लेकम गाउँपालिकाका पाँच जना ट्युबबाट महाकाली तर्ने क्रममा ज्यान गुमाउन बाध्य भए । २०६९ मा ३२ वर्षीय दामोदर जोशी र ३० वर्षीय अर्जुन पन्तले लेकम–३, खन्याघाटमा ट्युबबाट महाकाली तर्ने क्रममा ज्यान गुमाए । त्यसको तीन वर्षअघि २०६६ मा ३५ वर्षीय शिवराज पन्तले लेकम–३ स्थित गौडेगाडाबाट ट्युबमा महाकाली तर्दातर्दै ज्यान गुमाए। २०६१ मा १७ वर्षीय गणेश धामी र ४८ वर्षीय मणिदत्त जोशी पनि लेकम–३ स्थित पुलघाटबाट ट्युबमा महाकाली तर्ने क्रममा त्यहीँ बिलाए ।

दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा छन्। नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पछिल्ला दुई वर्षमा महाकालीमा चार वटा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। वि.सं. २०७३ यता लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु, व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरम, व्यास गाउँपालिका–२ मालगाउँ र व्यास–४ मलघट्टेमा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, व्यास गाउँपालिका–१ सीतापुल र मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा पुल सञ्चालनमा थिए। दार्चुलाको महाकाली नगरपालिका–८ असीगडा र भारत पिथौरागढको मल्लाछारछुम जोड्ने गरी सुदूर पहाडमै पहिलो मोटरेबल पुल निर्माणको काम भइरहेको छ। व्यास गाउँपालिका–२, दुम्लिङमा भने अझै झोलुङ्गे पुल बनेको छैन। स्थानीयले पटक–पटक झोलुङ्गे पुल बनाउन माग गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्।

महाकालीमा धमाधम पुल बनेसँगै तुइन र ट्युब विस्थापन हुँदै गएको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। यद्यपि केही ठाउँमा अझै पनि तुइन सञ्चालनमै रहेकोले केही मानिसले अकालमै ज्यान गुमाउँदै आएका हुन्। पुल आवश्यक भएको ठाउँमा थप पुल निर्माण गरेर तुइन पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थानीयको माग छ।


१० वैशाख २०८०, आइतवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु