punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले ‘यात्री’ मोटरसाइकललगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न भनेको बताइएको छ ।


१० वैशाख २०८०, आइतवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु