punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुईवटा मतपत्र खसाउन खोज्दा जसपा नेतासहित होहल्ला गर्ने पाँचजना पक्राउ

Chaupati
safha napa

आज उपनिर्वाचन भइरहेको बाराको देवताल गाउँपालिका(२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाताको नाममा आएका व्यक्तिहरूले मतदानको क्रममा विवाद गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मतदान भने जारी छ । बारामा उपेन्द्र यादव नेतृत्वको जसपाले बुथ लुट्ने प्रयास गरिएको भन्दै जनमत पार्टीले आरोप लगाउँदै आएको छ।

अहिलेसम्म बारा क्षेत्र नं। २ मा १७ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारामा यादवसहित जनमत पार्टीका शिवचन्द्र कुसवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञवालीबीच प्रतिस्पर्धा छ। यहाँ ३४ जना उम्मेदवार मैदानमा छन्।

यसैगरी, मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ।


१० वैशाख २०८०, आइतवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु