punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुल्कका बारेमा प्रस्ट बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैंककाे आग्रह

Chaupati
safha napa

बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवं स्पष्ट भाषामा निःशुल्क रूपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएकोतर्फ पनि राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ ।

कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिन नहुने राष्ट्र बैंकको भनेको छ । “बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरू दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिनुपर्दछ ।

ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो, सूचनामा उल्लेख छ ।


८ वैशाख २०८०, शुक्रवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु