punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा बाँड्ने मन्त्री रञ्जिता श्रेष्ठको प्रतिबद्धता

Chaupati
safha napa

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन् । सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा गरिन् ।

श्रेष्ठले भनिन्, ‘मेरो पालामा भूमिहीनहरूलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरू लालपूर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले रु प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ ।’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।


५ वैशाख २०८०, मंगलवार २१:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु