डडेल्धुराको एमाले जिल्ला कमिटी विघटन,संयोजकको जिम्मेवारी शाहीलाई
कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुराको जिल्ला कमिटी बिघटनगरेको छ । पार्टी क्रियाशिल नरहेको र अनुसासन उलंघन गरेपछि जिल्ला कमिटी बिघटन गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।
पार्टी प्रदेश कमिटीले गजेन्द्र शाहीलाई संयोजकको जिम्मेवारी समेत तोकेको छ । उनलाई असार मसान्त भित्र बिशेष जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश कमिटीलई जानकारी गराउन पत्र समेत दिइएको छ ।
जिल्लाको संयोजकको जिम्मेवारी पाएका शाही बिघठित जिल्ला कमिटिका सचिव समेत हुन् । उनको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटि तयार गरिएको छ ।
५ वैशाख २०८०, मंगलवार २१:२४ बजे प्रकाशित













