punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा निःशुल्क उपचार पाएका रोशनका बुवा भन्छन् -नेपालगन्जको उपचारको ऋण तिर्न बम्बई जान्छु

Chaupati
safha napa

एक रात र आधा दिन बसमा यात्रा गरेर धनगढी सम्म पुगेका बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका ४ वाईका कालिमान दमाईं र बाली दमाईं थकित थिए ।

१४ महिना पहिले जेठो छोराको खुट्टामा हालेको रड निकाल्न धनगढी पुगेका दमाईं दम्पतीलाई अब पैसा अभावले छोराको उपचार रोकिने भयो भन्ने चिन्ता हटेको थियो ।
‘बसपार्कबाट अटोमा बसेर सहिद गेट सम्म ल्याइदिन भन्नुहोला’ स्वस्तिक अस्पताल बाहिरबाट निर्मल मिश्रले फोनमा भनिरहेका थिए । मिश्रसँगै थिए अस्पताल सञ्चालक समितिका अध्यक्ष महेश जोशी ।

बाजुराबाट सविता थापाले मिश्रलाई १५ वर्षका रोशन दमाइको बारेमा जानकारी गराएपछि मिश्रले धनगढीको सुविधा सम्पन्न अस्पतालमा उनको निसुल्क उपचारको व्यवस्था मिलाएका थिए । अस्पतालका अध्यक्ष जोशीले खुट्टामा हालेको रड निकाल्न पैसा अभाव भएको थाहा पाएपछि मिश्रलाई आफ्नो अस्पतालले उपचारको सम्पूर्ण खर्च व्यहोर्ने बताएका थिए।
१५ वर्षका रोशन र उनका आमा बुवा अस्पताल पुग्नु भन्दा अघि नै मिश्र र जोशी उनीहरूलाई कुरिरहेका थिए ।

‘तपाइहरूको धन्य होस् । मेरो छोरा अब पहिले जस्तै हुने भयो’ जोशी र मिश्रलाई भेटेपछि रोशनका बुवा कालिमानले हात जोडे ।
कालिमानका चार सन्तान छन् । १५ वर्षको छोराको उपचार गर्न १४,१२ र ८ वर्षको अन्य तीन छोरा छोरीलाई घरमै छोडेर आमा बुवा दुबै धनगढी आएका थिए।
‘मेरा तीन सन्तानलाई मेरी आमाले हेर्नुहुन्छ’ बालीले भनिन्, ‘मेरा श्रीमान् यतैबाट बम्बई जाने भनेर आएका हुन् ।’
१४ महिना पहिलो छोराको उपचार गर्दा उनीहरूलाई २ लाख रिण लागिसकेको रहेछ । त्यसैमाथि रड निकाल्न पनि खर्च लाग्ने हुँदा खुट्टामा फलाम बोकेर उनी हिँडिरहेका थिए ।
‘छोरालाई आमाले हेर्छिन् म यतैबाट पैसा कमाउन बम्बई जान्छु’ कालिमानले मिश्र र जोशीलाई सुनाए ।

‘उपचार गर्न ल्याएको छोरालाई छोडेर जानुहुन्छ त रु’ मिश्रले सोधे ।
‘के गर्नु हजुर पहिलेको पैसा तिर्नै वाकी छ, यहाँ सम्म आएपछि बम्बई गएर केही कमाएर ल्याउँदा । ’कालिमान पहिलो पटक बम्बई जाने कुरा गरे ।
‘केही दिन यतै बस्नुहोस् । छोरालाई निको भएको हेरेर जानुहोला’ अस्पतालका अध्यक्ष जोशीले ढाडस दिए ।

उनीहरूलाई छोरोको उपचारमा करिब २ लाख सम्म लाग्न सक्ने र एक रुपैयाँ पनि आफूले नलिने जोशीले बताए।
‘सबै खर्च फ्री हुन्छ’ उनले भने ‘सबै उपचार गर्दा २ लाख जति लाग्ला तर, तपाइहरूसँग एक रुपैयाँ पनि लिन्न।’

स्वामिकार्तिक खापर गाउँपालिका बाजुराको दुर्गम क्षेत्र हो । त्यहाँबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । सदरमुकाम सम्म पनि आउने रकम नभएपछि सविता थापा लगायतले चन्दा संकलन गरेर उनीहरूलाई पठाएका थिए । मिश्रले २ जनाको बसको टिकट सुदूरपश्चिम यातायात समितिबाट निसुल्क व्यवस्था गरिदिएका थिए ।

‘उहाँहरूलाई ल्याउने र उपचार गर्ने सम्मको व्यवस्था भयो अब उहाँहरूको लागि खानाको व्यवस्थाका लागि केही मनकारी व्यक्तिहरुलाई भनेको छु’ मिश्रले भने ‘एक जनाको सानो सहयोगले पनि अर्कोलाई ठुलो सहज हुन सक्छ ।’

मिश्रले यस अघि पनि दुखी गरिबहरूलाई यसरी साथ दिँदै आइरहेका थिए ।


३ वैशाख २०८०, आइतवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु