punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवलपरासीको फोर ब्रदर्श गौरीगंगा गोल्डकपको फाइनलमा

Chaupati
safha napa

नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।

गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोल मार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो । २० औँ मिनेटमा कप्तान विनोद केवटले १ गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो । पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–० को अग्रतामा सकियो । दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दी म्याच पनि चुनिए ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ ।


२८ चैत २०७९, मंगलवार २१:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु